काठमाडौं, ६ पुस । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘म राजीनामा दिन्नँ, पहिलाजसरी सजिलै कुर्सी छाड्दिनँ ।’ उनी किन यसो भनिरहेका छन् ? कि, एमाले र कांग्रेस अलिक नजिकएर झस्किएका हुन् ? वा, बीचमा कतैबाट कुनैखाले दबाब आएको छ ? सरकार बदल्ने चर्चा पो सुरु भयो कि ? जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
प्रचण्ड प्रधानमन्त्री बन्नुअघिका दुई एजेण्डा थिए, केपी ओलीलाई हटाउने र मधेसी दलको माग बमोजिम संविधान संशोधनको प्रस्ताव लैजाने । यमध्ये दुबै एजेण्डा पूरा भए । ओली हटे, संविधान संशोधन प्रस्तव टेबुल भइसक्यो । स्थानीय चुनाव त न प्रचण्डलाई, न शेरबहादुरलाई, न त मधेसी दललाई नै चाहिएको हो !
बालानन्दको स्थानीय तह पुनर्संरचनासम्बन्धी आयोगले रिपोर्ट बुझिदिनुप-यो भन्न जाँदा प्रचण्डले रिपोर्ट लिनै मानेनन् ।
त्यो रिपोर्ट लिएपछि त्यहीअनुसार चुनाव गराउनुपर्ने हुन्छ । प्रदेश प्रदेशको सीमांकनको विवाद छ । त्यताको सीमांकन नमिलाई स्थानीय निकायको टुंगो लाग्दैन ।
केन्द्रीय संसदको चुनाव प्रचण्डले गराए भने देउवाको के काम रह्यो ? किन भने पहिल्यै किस्ताबन्दीमा सहमति भएको छ, चैतभित्र चुनाव हुने त अब गफमात्रै भयो । यसकारण प्रचण्डको उपादेयता सकिएको हो ? यो कोणबाट पनि चर्चा चल्न थालेको छ ।
मनमा केही त्यस्तो कुरा नखेलिकन मान्छेले मुखबाट अभिव्यक्ति दिँदैन । एमालेले सोझै केन्द्रीय संसदको चुनावसम्बन्धी कुरा गरेपछि पो प्रचण्डको कान ठाडो भएको हो कि ? किन भने, माथिल्लो चुनावको नेतृत्व देउवाले गर्ने भन्ने कांग्रेस र माओवादीबीच सम्झौता छ ।














प्रतिक्रिया