काठमाडौं, ६ पुस । बिहे गरेपछि हिरो–हिरोइनका फ्यान घट्छन भन्ने बुझाई आमफिल्मकर्मीमा छ । बलिउडमा बिहेपछि अधिकांश हिरोइनको करिअर ओरालो लागेको देखिएको छ ।
तर नेपाली फिल्म उद्योगमा भने विवाहित हिराइन नै चर्चित र सफल देखिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
करिश्मा मानन्धर, भरना थापा, रेखा थापा, प्रियंका कार्की या सञ्चिता लुइँटेल सबै फिल्म अभिनयमा व्यस्त छन् ।
यो अर्को कुरा हो कि, रेखा छविराज ओझासँग सम्बन्धविच्छेद गरेर एक्लै छिन् । प्रियंका रोचक मैनालीसँग डिभोर्स गरेर सिंगल छिन् ।
अनि सञ्चिता निखिल उप्रेतिसँग दोस्रो बिहे गरेर दुई सन्तानकी आमा बनिसकेकी छिन् । करिश्मा मानन्धर र विनोद मानन्धरबीच कस्तुरी फिल्मको सुटिङको क्रममा मायाप्रेम बस्यो र बिहे भयो । तर, पनि यी अभिनेत्रीहरु अभिनयमा निरन्तर छन् ।
आफ्नो समयकी सफल अभिनेत्री गौरी मल्लले बिहेपछि पनि अभिनयलाई निरन्तरता दिईन् । पति उज्वल भण्डारीसँग सम्बन्धविच्छेद गरेपनि उनले कलाकारिता छाडेकी छैनन् ।
गायक धिरज राईकी पूर्वपत्नी छुल्ठिम गुरुङ अभिनय हुदै फिल्मकी निर्मात्री बनेकी छिन् । एक समयकी चर्चित मौसमी मल्लपनि बिहेपछि नै चर्चित बनिन् । झरना थापा ए मेरो हजुर २ फिल्मबाट निर्देशक बनेकी छिन् ।
प्रियंका कार्की अहिलेकी सर्वाधिक चल्तीमा रहेकी अभिनेत्री हुन् । अभिनयमै करिअर बनाउने लक्ष्य लिएकी उनी अझै केही समय सिंगल बस्न चाहेकी छिन् ।














प्रतिक्रिया