१२ कार्तिक २०८३, बिहिबार

काम गर्न छाडेर सरकारी कर्मचारी सामूहिक राजीनातिर

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । भूकम्पपछिको पुनर्निर्माणमा खटिएका झण्डै एक हजार तीन सय इन्जिनियरले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

सरकारले प्रतिबद्धताअनुसार सुविधा नबढाएको भन्दै दुई सातादेखि काम ठप्प पार्दै आएका उनीहरुले शहरी विकास मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।

दुर्गम भत्ता दिनु पर्ने, सुरक्षा प्रत्याभूति हुनु पर्नेदेखि कामका सिलसिलामा देखिएका समस्याको सुनुवाई गर्नुपर्ने उनीहरुको माग थियो । पुनर्निर्माणका लागि १४ जिल्लामा २५ सय भन्दा बढी इन्जिनियर, सब इन्जिनियर र ओभरसियर खटिँदै आएका थिए ।

‘हामीले विभिन्न माग राखेर अल्टिमेटम दिँदा पनि सरकारले सुनुवाई नगरेकाले राजीनामा दिएका हौं’, इन्जिनियर सन्तोष क्षेत्रीले भने, ‘यसमा ११ जिल्लामा खटेका ७० प्रतिशत प्राविधिक छन् ।’ उनले आफूहरु काममा फर्कने नफर्कने निर्णय सरकारमा भर पर्ने बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले माग पूरा गर्न सरकारले पहल गरिरहेका बेला राजिनामा दिनु ठीक नभएको प्रतिक्रिया दिए ।

उनले राजीनामा स्वीकृत गर्ने नगर्ने छलफलपछि मात्रै निर्णय हुने बताए । उनले राजीनामा दिएका इन्जिनियरलाई काममा फर्कन आग्रहसमेत गरे ।