१२ कार्तिक २०८३, बिहिबार

ग्यास आपूर्तिमा भारतको फेरि अबरोध, भन्सारमै थन्किए बुलेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । विरगञ्ज भन्सार कार्यालयले पास नगर्दा २० दिनदेखि नेपाली ग्यास बुलेट नाकामै अलउत्र परेका छन् ।

निजी उद्योगी व्यवसायीले भारतबाट खरिद गरि ल्याएको नेपाली नम्बरका गयस बुलेट भनसारले पास नगर्दा नाकामै थन्किएका हुन् । कारोबार दैनिकले समाचार छापेको छ ।

ग्यास बुलेट छुटाउनका लागि सम्बन्धित निकायबीच पत्राचार गर्दा पनि अहिले सम्म त्यस्को कुनै सुनुवाई हुन नसकेको व्यवसायीको गुनासो छ ।

नेपाल एलपी ग्यास उद्योग संघले सोमबार पत्रकार सम्मेलन गरेर तत्काल बुलेट पास गरिदिन सरकारलाई अनुरोध गरेको छ ।

सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत बुलेट खरिदमा दुईतिहाइसम्मको भन्सार छुट दिने व्यवस्था गरेपनि बजेट पास भएको पाँच महिनासम्म पनि सो निर्णय कार्यान्वयनमा नआउँदा नेपालमा बुलेट भित्राउन कठिन भएको हो ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भन्सारले पास नगर्दा बुलेट ल्याउन कठिन भएको बताए । ‘ग्यास बुलेट छुटाउन आपूर्ति मन्त्रालयदेखि अथृ मन्त्रालयसँग पत्राचार गरेका छौं’, घिमिरेले भने, ‘अहिलेसम्म सम्बन्धित निकायबाट पहल नहुँदा २० दिनदेखि दुइृटा बुलेट नाका र ३ सय बुलेट भारतमै छन् ।’

संघका अनुसार अहिले विभिन्न ५३ वटा ग्यास उद्योगले ७ सय ७५ ग्यास बुलेट खरिद गर्न ५ अर्ब ४२ करोड ५० लाख रुपैया खर्च गरिसकका छन् ।

सरकारले बजेटमार्फत सार्वजनिक गरेको नेपाली नम्बर प्लेटका ग्यास बुलेट खरिद प्रक्रियामा दुईतिहाई छुटको प्रावधानमा भारतीय भन्सार कार्यालयबाट पास भएर आए पनि नेपाली भन्सारबाट अझै पास हुन नसकेको व्यवसायीको भनाई छ ।

नाकाबाट ग्यास बुलेट पास गर्न सरकारले जतिसक्दो छिटो पहल गर्नुपर्ने उद्योगीको भनाई छ ।