काठमाडौं, ४ पुस । चिनियाँ कम्युनिस्ट पार्टीका एक उच्च नेताले आइतबार काठमाडौ आएलगत्तै उच्चस्तरीय भेटवार्तालाई तिव्रता दिएका छन् ।
तिनदिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार बिभाग प्रमुख लिउ छिपाओले राष्ट्रपति बिद्यादेवी भण्डारी र उपप्रधानमन्त्री कृष्ण बहादुर महरासँग अलग-अलग भेट गरी द्विपक्षिय संबन्ध र हितबारे कुराकानी गरे ।
उनी चिनियाँ कम्युनिस्ट पार्टीको २५ सदस्यीय पोलिटिकल ब्युरो तथा केन्द्रिय सचिवालयका सदस्य हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
भेटम सहभागि अधिकारीका अनुशार राष्ट्रपति भण्डारीसँगको भेटमा चिनियाँ नेता लिउले चीनले अघि बढाएको वान बेल्ट वान रोड अवधारणाबाट नेपाल लगायत छिमेकी मुलुकहरु र विश्वले नै लाभ लिन सकोस् भन्ने चीनको अपेक्षा रहेको बताए ।
सन् २०१३ मा चिनियाँ राष्ट्रपतिले अघि सारेको उक्त अवधारणमा नेपालले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेपनि कार्यान्वयन गर्नेगरी समझदारी पत्रमा भने हस्ताक्षर गरेको छैन । यसका लागि चीनले नेपाललाई आग्रह गर्दै आएको छ । उनले नेपाल र चीनबीचको संबन्धलाई चीनले उच्च महत्व दिएको बताए ।
राष्ट्रपति भण्डारीले चीन नेपालको पुरानो र निकट छिमेकी मुलुक रहेको बताइन् । भेटमा सहभागि अधिकारीहरुका अनुशार पूववर्ति सरकारका पालामा भएका पारवहन लगायत सम्झौताहरुको कार्यान्वयनमा नेपाल प्रतिबद्द रहेको राष्ट्रपतिले बताइन् । चीनले अघि बढाएको वान रोड वान बेल्ट अवधारणाबाट नेपालले लाभ लिन चाहेको भण्डारीले उल्लेख गरिन् ।
नेपालको पुर्ननिर्माण तथा विकासमा चीनको सहयोगको उनले प्रशंशा गरिन् । चिनियाँ क्रान्तिका नायक माओत्से तुङ्, देङ् सियाओ पिङ् लगायतले गरेको अथक प्रयासबाट चीनले गरेको प्रगतिबाट नेपालले लाभ लिन चाहेको भण्डारीले बताइन् ।
राष्ट्रपतिका बिदेश मामिला सल्लाहकार डा. मदन कुमार भट्टराईले नेपाल चीन संबन्ध सुदृढ गर्नेबारे कुराकानी केन्द्रित रहेको बताए । ‘चीन र नेपालबीचको संबन्ध सदैव मैत्रीपूर्ण रहेको र आगामी दिनमा विस्तार हुने अपेक्षा राष्ट्रपतिको थियो’ भट्टराईले भने ।
चिनियाँ नेता लिउले आज सोमबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षि दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवासँग अलग—अलग भेटवार्ता गर्नेछन् । पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएयता उत्तरी छिमेकी चीनबाट नेपाल भ्रमणमा आएका लिउ नै उच्च अधिकारी हुन् ।
र्थमन्त्री समेत रहेका महराको निमन्त्रणामा लिउ नेपाल आएका हुन् । मन्त्री महराले आइतबारै चिनियाँ नेता लिउ र उनको टोलीको सम्मानमा रात्रीभोज दिए । दाहाल नेतृत्वमा सरकार बनेको दुई हप्तामै प्रधानमन्त्रीको बिशेष दूतका रुपमा मन्त्री महरा चीन गएर निमन्त्रणा दिएपनि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन सकेन ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेपछि बिशेष दूतको रुपमा भएको अर्थमन्त्री महराको उक्त चीन भ्रमण असफल भएको माओवादी पार्टीभित्र र सरकारले पनि महशुश गरेको माओवादी बिदेश बिभागका एक सदस्यले बताए ।
‘अहिले महराकै प्रयासमा चिनियाँ नेता लिउ नेपाल भ्रमणमा आएका छन् । उनको भ्रमणबाट सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमण गराउन वातावरण तयार हुने अपेक्षा गरेको छ’ ती सदस्यले भने । आइतबार मध्यान्ह चार्टड फ्लाइटबाट काठमाडौ उत्रेका चिनियाँ मन्त्रीलाई त्रिभुवन विमास्थलको अति विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका चीन महाशाखा प्रमुख गणेश ढकालले स्वागत गरेका थिए ।
नेपाल सरकारले भ्रमणमा उनलाई उपप्रधानमन्त्री सरहको कुटनीतिक व्यवहार गर्नेछ । उनलाई चीनमा ‘प्रोपागान्डा बिभाग प्रमुख’ भनेर बढी चिनिन्छ । उनलाई चीनमा उपप्रधानमन्त्री सरह मानिन्छ ।
दाहाल नेतृत्वको सरकारले पूववर्ति सरकारका पालामा भएका ऐतिहासिक पारवहन यातायात लगायत सम्झौता कार्यान्वयनमा देखाएको उदासिनताका कारण चीनका तर्फबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन । नेपालले पर्याप्त तयारी गरेको खण्डमा चिनियाँ राष्ट्रपति आगामी मार्चको अन्तिम साता या अप्रिल महिनामा नेपाल आउने सम्भावना रहेको अधिकारीहरुले बताए ।
गत असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सिको भ्रमणका लागि तयारी भएपनि नेपाल सरकारले यथेस्ट गृहकार्य गर्न नसक्दा भ्रमण स्थगित हुन पुगेको थियो । नेपाल तर्फ आवश्यक तयारी नदेखेपछि चिनियाँ पक्षले भ्रमण स्थगन गरेको थियो ।
दाहाल नेतृत्वमा सरकार बनेयता नेपालका तर्फबाट पनि राष्ट्रपति या प्रधानमन्त्री स्तरको चीन भ्रमण भएको छैन । लिउका साथमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्र्तराष्ट्रिय बिभावका सदस्य तथा प्रचार बिभागका सदस्य सहभागि छन् ।
चिनियाँ उच्च नेता लिउले मंगलबार काठमाडौमा आयोजना हुने सातौँ चीन महोत्वसको उद्घाटन गर्नेछन् । नेपाल र चीनका संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा सातौँ चीन महोत्सव मंगलबार र बुधबार काठमाडौमा हुंदैछ । महोत्वसको उद्घाटन प्रधानमन्त्री दाहालले गर्दैछन् ।
आज सोमबार देखि काठमाडौमै नेपाल र चीनका सरकारी तथा गैह्रसरकारी संस्थाहरुको संयुक्त आयोजनामा ‘कल्चर फोरम’ को समेत आयोजना हुंदैछ । कल्चर फोरममा चीन तथा सार्क सदस्य देशका संस्कृति विज्ञहरु सहभागि हुने भएका छन् ।
उक्त कार्यक्रममा नेपाल र चीनका सरकारी अधिकारीहरु, विज्ञ सहभागि हुनेछन् । चीनबाट मात्रै एकसय ५० जना सहभागि हुनेछन् । हाल चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य रहेका उनले सन् १९७४ मा राजनीतिक करियर शुरु गरेका हुन् । पार्टीका बिभिन्न तहमा काम गर्दै उनी सन् २००७ मा चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तको सचिव नियुक्त भएका थिए । चिनियाँ नेता लिउ भ्रमण पुरा गरी मंगलबार फर्किनेछन् ।
चिनियाँ राष्ट्रपतिको पुस्तक नेपालीमा
राष्ट्रपति कार्यालयमै आयोजित एक कार्यक्रमबीच चिनियाँ राष्ट्रपति सि जिनपिङ्द्वारा लिखित ‘चीनको शासन ब्यबस्था’ नामक पुस्तक नेपाली भाषामा सार्वजनिक गरिएको थियो । उक्त पुस्तक हालसम्म विश्वका एघार भाषामा प्रकाशित भई ६२ लाख प्रति वितरण गरिसकिएको छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै चिनियाँ नेता लिउले वान बेल्ट वान रोड अवधारणा अनुशार चीनले नेपालसंगको संबन्ध र सहकार्य अघि बढाउन चाहेको बताए । उनले चीनको प्रयासबाट विश्वका अन्य मुलुकले लाभ लिने अपेक्षा लिएको बताए । नेपाली भाषाको पुस्तक चीन अध्ययन केन्द्रले प्रकाशन गरेको हो ।














प्रतिक्रिया