२८ आश्विन २०८३, बुधबार

आर्मीलाई हराउँदै संकटा एन्फा कप फुटबलको फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

timthumb.phpकाठमाडौँ, २३ भदौ । त्रिभुवन आर्मीलाई पराजित गर्दै संकटा क्लब एन्फा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा सोमबार भएको अन्तिम सेमिफाइनलमा आर्मी क्लबलाई १–० ले हराउँदै संकटा उपाधिनजिक पुगेको हो।

६२ औं मिनेटमा सुमन लामाले गरेको निर्णायक गोलले संकटालाई फाइनलमा पु¥याएको हो ।

८ टोली सहभागी प्रतियोगिताको विजेताले दश लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ जित्ने छन्।

यस्तै दुई सेमिफाइनलिष्टहरु आर्मी र सशस्त्रले समान एक–एक लाख रुपैयाँ जितिसकेका छन्।