१२ कार्तिक २०८३, बिहिबार

निजी अस्पतालले दिन थाले असहायको निःशुल्क उपचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । निजी अस्पतालले गरिब तथा विपन्न नागरिकहरूलाई निःशुल्क उपचार गर्न थालेका छन् ।

सरकारले पुस १ गतेबाट गरिब तथा विपन्न नागरिकहरूका लागि निःशुल्क उपचार गर्न निजी अस्पतालहरूलाई निर्देशन दिएपछि अस्पतालले उक्त सेवा दिन थालेका हुन्।

निजी अस्पतालमा कुल शय्या तथा सम्पूर्ण उपचारको १० प्रतिशत गरिब तथा विपन्न नेपालीको स्वास्थ्यका लागि छुट्याउनैपर्ने हुन्छ । यसअघि निजी अस्पतालले गरिबका लागि १० प्रतिशत छुट्याउने गरेका थिएनन् ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष तथा अल्का अस्पतालका प्रमुख कुमार थापाले निजी अस्पतालले गरिब बिरामीका लागि १० प्रतिशत कोटा छुट्याई उपचार गर्न थालिसकेको जानकारी दिए  ।

आजको गोरखापत्रमा खबर छ ।