– बिजय थापा
वाशिंगटन डीसी, २ पुस । एउटा होनहार युवती ममता कंडेलको कार दुर्घटनाको दुःखद समाचार सेलाउन नपाउँदै अमेरिकाबाट अर्को पीडादायक खबर प्राप्त भएको छ ।
अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा परि २० बर्षीय संगम सुबेदीको मृत्यु भएको फ्लोरिडा राजमार्ग गस्ती प्रहरीले जनाएको छ ।
फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार गत बिहीबार डिसेम्बर १५ तारिखका दिन फ्लोरिडाको राज्य अन्तर्गत राजमार्ग २० तथा ७९ मा भएको सवारी साधन दुर्घटना पनि अलाबामा ट्रोयका किशोर संगम सुबेदीले ज्यान गुमाएका छन । प्रहरीको प्रतिबेदन अनुसार बिद्यार्थी सुबेदी राजमार्ग ७९ को दक्षिणतर्फ यात्रा गर्ने क्रममा ४ बजेर ७ मिनेटमा सडकमा रातो बत्ती बलेको समयमा रोक्न नसक्नुको कारण ज्यान गएको हो ।
स्व सुबेदीले राज्य राजमार्ग २० तथा ७९ को बिन्दु (इन्टर सेक्सन )मा रोक्न असमर्थ हुँदा अगाडि रहेको राजमार्ग २० को पश्चिमतर्फ गइरहेको २०१० को इन्टरनेबनल बक्स नामक माल बाहक गाड़ीलाई ठक्कर दिएका थिए । मालबाहक गाड़ी चालक पेंसाकोलाका २९ बर्षीय चालक डोमिनिक ए टास क्यारेला रहेको प्रहरीले जनाएको छ ।
उनको गाड़ीले पनि २०१३ को अर्को लामो मालबाहक गाड़ीलाई ठक्कर दिएको थियो । मृतक सुबेदी बाहेक उक्त सवारी साधनमा अलाबामा ट्रोयका २० बर्षीय छात्रा श्रद्धा सी ठकुरी तथा १९ बर्षीय असलीशा पण्डित यात्री रहेका बुझिएको छ उनीहरु गंभीर घाइते भएकोले फ्लोरोडाको पानामा शहरको बे चिकित्सा केन्द्रमा अर्को अस्पतालबाट भर्ती गराईएको छ ।
अर्की तेस्रो यात्रु नाम नखुलेकी १८ बर्षीय महिलाको मृत्यु भएको र आफन्तबाट सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सबै यात्रीले सुरक्षा पेटी लगाएको र मादक पदार्थ दुर्घटनाको कारण नभएको बिश्वास गरिएको छ । उनीहरुलाई कुनै आरोपको दाखिला अझै नगरिएको बुझिएको छ भने अनुसन्धान जारी रहेको चिप्लेपेपर डट कममा लेखेको छ ।
फ्लोरिडा प्रहरी तथा स्थानीय चिप्लेपेपर डट कमका अनुसार उक्त गाड़ीमा सवारी हुने यात्रीहरु बाहेक कनेक्टिकट राज्यमा बसोबास गर्ने पौडेल परिवारका नजिकका नातेदार अभीज्ञन्या घिमिरे समेत बे मेडिकल सेंटरमा उपचार भई रहेको छ । उपचार भइरहेकी घिमिरे डिसम्बर १६ तारीख कनेक्टिकट पौडेल परिवारको घरमा पुग्ने भएकोले प्रतिक्षारत रहेको जानकारी कनेक्टिकट निवासी नारायण पौडेलले दिएका छन ।
डीसीबाट संचालित इनेपलिजका प्रतिनिधिले फ्लोरिडा पनामा शहरस्थित उक्त बे मेडिकल सेंटरमा दिसम्बर १६ तारीख राति १० बजे संपर्क गर्दा अभीज्ञन्या घिमिरेको उपचार भई रहेको उक्त अस्पतालले बताएको छ ।












प्रतिक्रिया