४ मंसिर २०८३, शुक्रबार

टोपबहादुर रायमाझी पार्टी निर्णयविपरीत आन्दोलनमा गए, कारवाही हुन्छ: प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी पार्टी निर्णयविपरित गएको बताएका छन् ।

विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला चितवन पुगेका प्रचण्डले शनिबार पत्रकारहरुसँग कुरा गर्दै रायमाझीका गतिविधि पार्टी निर्णयविपरीत रहेको बताए ।

‘उहाँहरु कन्स्टिट्युन्सी बचाउन जानुभएको हो, पार्टीको निर्णयभन्दा बाहिर कोही जान मिल्दैन,’ रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारीतर्फ संकेत गर्दै उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी नीति विपरित जोसुकैलाई पनि कारवाही हुने स्पष्ट पारे । ‘पार्टीको नेताले निर्णय मान्नुपर्छ । नमान्नेलाई कारवाही हुन्छ,’ टोपबहादुरतर्फ संकेत गर्दै उनले भने ।

‘पाँच नम्बर प्रदेशको आन्दोलनको कुनै तुक छैन्’

प्रधानमन्त्री प्रचण्डले संशोधनको विरोधमा ५ नम्बर प्रदेशका केही जिल्लाहरु र प्रमुख विपक्षी एमालेको आन्दोलनको कुनै तुक नभएको बताए । ‘आन्दोलनको कुनै तुक छैन, हिमाल, पहाड र तराई मिलाउन नै संशोधन प्रस्ताव आएको हो । उहाँहरु समझदारीमा आउनैपर्ने हुन्छ, यदि उहाँहरु निर्वाचनप्रति गम्भीर हुनुहुन्छ भने नमिल्नेखालको आन्दोलन छाडेर आउनुपर्छ,’ उनले भने ।