४ मंसिर २०८३, शुक्रबार

बिजुक्छेले गरे ठूलो खुलासा, भारतबाट नेपाली नेताहरूलाई ज्यानको खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले छिट्टै भारतको इशारामा सरकारको समीकरण बद्लिने बताएकाछन् ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छें भारतको इशारामा केपी ओलीको नेतृत्वमा सरकारको प्रस्ताव आउने र ओलीले अस्वीकार गरे शेरबहादुर देउवाको नेतृत्वमा सरकारको समीकरण देखिने बताएका हुन् ।

नेपालका नेताहरूलाई जति बेला चाह्यो त्यति बेला भारतले हत्या गर्न सक्ने भन्दै नेमकिपाका अध्यक्ष विजुक्छेले बिगतमा नेपालमा भएका हत्याले यसलाई पुष्टि गरेको र आफ्नो पायकमा काम नगर्ने नेताहरूको भारतले जति बेला पनि हत्या गर्न सक्ने टिप्पणी गरे ।

सरकार स्थानीय तहको निर्वाचन नगर्ने योजनामा रहेको भन्दै बिजुक्छेंले सरकारकै कारण चुनाव नहुने दाबी गरे ।

नेपालका लागि भारतीय राजदूत रणजित रायलाई भारतले नैतिकताको आधारमा भए पनि फिर्ता बोलाउनु पर्ने उनले माग गरे ।

‘भारतीय राजदूत रणजि रायले नजानु कुटनीति मर्यादाको बिपरित काम गरेको र हेपाहा प्रबृति भएकाले उसलाई फिर्ता बोलाउनु पर्छ’, उनले भने ।