काठमाडौं, १ पुस । श्रीलंकामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पहिला व्याटिंग गरेको नेपालले भारतसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । र, भारत जवाफी व्याटिंगमा छ ।
भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । नेपालका लागि पवन शर्राफले भारतका अभिषेक शर्मालाई २० औं ओभरको पाँचौं बलमा क्याच आउट गराए ।
खेलमा पवनले नै भारतका महत्वपूर्ण व्याट्सम्यान हिमान्शु रानालाई आउट गर्दै दोस्रो विकेट लिएका थिए ।
पहिलो विकेट कप्तान सन्दिप लामिछानेले भारतका पृथ्वी शाहलाई आउट गर्दै लिएका थिए ।












प्रतिक्रिया