४ मंसिर २०८३, शुक्रबार

निर्दलीय स्थानीय निकायको चुनावका लागि मधेसी मोर्चा तयारः अध्यक्ष भण्डारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले स्थानीय निकायको निर्वाचन दलविहिन रुपमा गर्न प्रस्ताव गर्नुभएको छ ।

पार्टीको राष्ट्रिय स्तरीय प्रशिक्षण कार्यक्रमको काठमाडौंमा आज उद्घाटन गर्दै उहाँले कुनै पनि दलले उम्मेदवार नदिएर निर्दलीय आधारमा स्थानीय निकायको चुनाव गर्ने हो भने मधेसी मोर्चालाई स्वीकार्य रहेको बताउनुभयो । तर, स्थानीय निकायको चुनावअघि संविधान संशोधनको प्रस्तावलाई पारित गराउनुपर्ने माग गर्नुभयो ।

बालुवाटारमा केही दिनअघि मधेसी मोर्चा र कांग्रेस एमाले माओवादीका शीर्ष नेताहरुको बैठकमा मोर्चाका नेताहरुले स्थानीय निकाय निर्दलीय रुपमा गर्न प्रस्ताव गरेका थिए । तर, कांग्रेस, एमाले र माओवादीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

अध्यक्ष भण्डारीले एमालेले संसद सचिवालयमा दर्ता भएको संशोधन प्रस्तावमा भाझो हाल्दै विथोल्ने काम गरेर राजनीति गरेको आरोप लगाउनुभयो । ‘एमालेले भोट बैंकका लागि राजनीति गरेको छ,’ उहाँले भन्नुभयो– ‘कुनैबेला एमाले आफैले ल्याएको यो प्रस्तावको विरोध गरेर अहिले एमालेले दिउँसै रात पार्न खोजेको छ । तर, जनताले बुझिसकेका छन् एमालेको चरित्र ।’

अध्यक्ष भण्डारीले संविधान संशोधनको प्रस्ताव पारित भएन् भने मधेसी मोर्चाले कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिनुभयो । ‘सहमति गरेर जाने हो भने मुलुकले निकास पाउन होइन् मुलुक द्वन्द्वतिर जान्छ,’ उहाँले भन्नुभयो ।