२८ आश्विन २०८३, बुधबार

किन चीन आउँदैछन् ओबामा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barack-obama-dnc-speech

वेइजिङ, २३ भदौ । अगामी नोभेम्बरमा हुन गइरहेको अमेरिकी राष्ट्रपति बाराक ओबामाको चीन भ्रमणका तयारीका लागि ह्वाइट हाउसकी राष्ट्रिय सुरक्षा सल्लाहकार आज वेइजिङ पुग्नुभएको छ ।

अमेरिकाको ह्वाइट हाउसका सुरक्षा सल्लाहकार सुसान राइसलाई चीनका समकक्षी राष्ट्रिय सुरक्षा परिषद् प्रमुख याङ्ग जिएचीले पश्चिमी वेइजिङस्थित दियाओताई राष्ट्रिय अतिथि गृहमा भव्य स्वागत गर्नुभएको छ ।

राइस तीनदिने भ्रमणको शिलशिलामा वेइजिङ आइपुग्नुभएको छ । केही दिनअघि मात्र दक्षिणी चीन सागरमाथिको आकाशमा अमेरिकी र चिनियाँ वायुसेनाका विमान एक आपसमा ठक्कर खानबाट बँचेको थियो ।

सो घटनालाई लिएर दुई मुुलुकबीच खलवल मच्चिएको मामिलालाई सम्बोधन गरी न्यूनियकरण गर्न समेत राइसको मनसाय भएको बताइएको छ ।

राष्ट्रपति ओबामा र चिनियाँ समकक्षी सि जिनपिङ्गबीच आगामी नोभेम्बरमा द्वीपक्षीय आपसी हितलगायत अन्य औद्योगिक व्यापारिक, सामरिक इत्यादी विषयमा गभीर छलफल हुने बताइन्छ ।

राइसले चीनका रक्षा र विदेश मन्त्रीस्तरीय वार्ता समेत गर्नु हुने जनाइएको छ । रासस / एपी