काठमाडौं, ३० मंसिर । मधेसी जनताको नाममा क्रिश्चियन, युरोपियन यूनियन, अमेरिकन र अन्य पश्चिमा राष्ट्रहरूसँग करोडौँ रुपियाँ लिएर कुम्ल्याउन पल्केका अधिकारकर्मी तुलानारायण शाह ठूलो घोटलामा फसेका छन् ।
साह नेतृत्वको नेपाल मधेस फाउन्डेसनको गतिविधि र खर्च विवरण सरोकारवालाहरूले माग गरेपछि सो संस्थाभित्रको अनियमितता खुलेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
दातृ निकायसँग ठूलो मात्रामा रकम ल्याउने तर, त्यसको हिसाव किताब नदेखाएको भन्दै मधेस फाउन्डेसनभित्रको आर्थिक पारदर्शितामा प्रश्न चिन्ह उठेको हो ।
फाउन्डेसनका गतिविधिबारे सूचना आयोगमा समेत उजुरी परेको छ । जनकपुर निवासी अरुणकुमार साहले मधेस फाउन्डेसनले ठूलो आर्थिक घोटाला गरेको आरोप लगाए ।
अरुणले भने–‘मैले मंसिर १२ गते नै तुलानारायण साहको कुपोन्डोलस्थित अफिसमा पुगेर लिखित निवेदन दिएको थिएँ । तर, उहाँहरूले लिनै मान्नु भएन अनि बाध्य भएर हुलाकबाट निवेदन दिएँ । अहिलेसम्म कुनै जानकारी दिनु भएको छैन ।’
अरुणले फाउन्डेसनले सञ्चालन गरेको ४ वटा बिषयमा जानकारी लिनका लागि कानून बमोजिम निवेदन दिइएको जनाए ।
‘गर्भनेन्स् इन मधेस–२०१४’ को प्रोजेक्टका लागि कहाँ–कहाँबाट कति रकम आयो ? कुन–कुन कार्य गरियो र कति खर्च भयो ? बिबरण माग गरिएको छ ।
दोस्रो, फाउन्डेसनले सञ्चालन गरेको ‘बेसलाइन एन्ड सिटिजन प्रि–क्रिप्सन सर्भे–२०१६’ का लागि कहाँबाट रकम उपलब्ध भयो ? कहाँ–कहाँ खर्च गरियो र कति खर्च भयो ? त्यसको बिबरण माग गरिएको छ ।
तेस्रो, फाउन्डेसनले ‘स्पेक्ट्रम कन्सल्ट’मार्फत मिथिला क्षेत्रमा सञ्चालन गरेको ‘स्टेन्थ भ्वाइस एन्ड अकाउन्टेवल गर्भनेन्स (एस–भाग) परियोजना कुन दातृ निकायबाट ल्याइएको हो ? त्यसको पनि जानकारी मागेका छन् ।
साह बिगत ४ वर्षमा मधेस फाउन्डेसनका नाममा आएको करोडौं रकमको खर्च विवरण कसैलाई देखाउन मान्दैनन् । फाउन्डेसन प्रमुख साहकी पत्नी रीता साहको पनि सो कार्यालयमा हालिमुहाली छ ।
साह बिगत एक दशकदेखि मधेस र मधेसी जनताको पक्षमा भन्दै बिभिन्न कार्यक्रम र अनुसन्धान गर्दै आएको दाबी गर्छन् । तर, साहका गतिविधी शंकास्पद हुने गरेको आरोप छ ।
उनले देश बिखण्डन गर्नुपर्छ भन्दै हिँड्ने सीके राउतलाई पनि सहयोग गर्दै आएको आरोप छ । साहले भारतीय दूतावासमा कार्यरत गोविन्द साहसहितका व्यक्ति आएर सूचना माग गरेको आरोप लगाए ।














प्रतिक्रिया