२८ आश्विन २०८३, बुधबार

भविष्य नदेखेपछि चिया प्रविधिका विद्यार्थी सङ्घर्षमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chiya Baganभद्रपुर । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनरत बिएस्सी टी टेक्नोलोजी एन्ड मेनेजमेन्टका छात्रहरु आफ्ना भविष्य अन्योल भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

चारवर्षे अवधि पूरा गरेपछि रोजगारको सुनिश्चितता नदेखेपछि चार सूत्रीय माग राखी सङ्घर्षमा उत्रनुपरेको आज (बिहीबार) चिया प्रविधि विद्यार्थी सङ्घर्ष समितिद्वारा मेची क्याम्पसको परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

लोकसेवा आयोगमार्फत लिइने परीक्षामा चिया विषयका लागि छुट्टै परीक्षा तथा सरकारी कार्यालयमा छुट्टै दरबन्दीको व्यवस्था, चिया नीति, चिया क्षेत्रको विकासका लागि सुविधा र चिया अनुसन्धान केन्द्रको स्थापनालगायत माग राखिएको सङ्घर्ष समितिका संयोजक नवीन कोइरालाले जानकारी दिए ।