काठमाडौं, २९ मंसिर । हस्याङफस्याङ गर्दै एमाले संसदीय दलको कार्यालय पुगेका शेरबहादुर देउवाले केपी ओलीसँग आइतबार भने, ‘यसो भन्न भएन । कुरा मिल्ने गरी बोल्नुपर्यो ।’
अपरान्ह साढे ३ बजे । चिसोका कारण सञ्चो भएन भनेर ओली निस्कन ठीक परिसकेका थिए । तर, सँगै अर्को कम्पाउण्डमा रहेका कांग्रेस संसदीय दलको कार्यालयबाट देउवा आउँदै गरेको खबर पाएपछि रोकिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
भित्र थिए, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ । शेरबहादुरको दोहोर्याई, तेहेर्याई एउटै आग्रह थियो, ‘हामी नमिले केही पनि हुँदैन । हुने कुरा पनि बिग्रिएर जान्छ ।’ उनले भने, ‘दुबै अतिवादी कुरा भयो । मधेस अलग प्रदेशका रुपमा राख्यो भने मुलुकै सकिन्छ भन्ने एउटा अतिवादी । अर्को अतिवादी पहाडसँग मधेस मिलायो भने मुलुक सकिन्छ भन्ने ।’
देउवाको कुरा सुनेपछि ओलीले सोधे, ‘मिलाउने र मिल्ने उपाय के छ, सुनौँ न त !’ यसपछि देउवाले बरु संविधान संशोधन प्रक्रियालाई स्थगन गरेर जान सकिने बताए । उनले भने, ‘यसलाई यही स्थितिमा राख्यो भने आन्दोलन नभएका ठाउँमा पनि आन्दोलन सुरु हुन्छन् ।’
देउवाले भनेका रहेछन् र भने, मधेसी मोर्चालाई जे–जे दिए पनि मान्नेमा छैनन् । मधेसीलाई पूरै अविश्वास नगरौँ, भन्ने देउवाको आग्रह थियो । ओलीले भने, ‘अहिले पाँच नम्बर सीमांकनको कुरामा लागियो भने पालो झापा, मोरङ र सुनसरीको, अनि त्यसपछि कैलाली, कञ्चनपुर हो ।’
ओलीले स्थानीय निकायको निर्वाचनमा अगाडि बडढ्दासम्म आफ्नो पार्टी टसकामस नहुने दोहोर्याए ।














प्रतिक्रिया