१२ कार्तिक २०८३, बिहिबार

ट्याक्सी चालक लामाको मृत्यु मापसेबाट होइन, हत्या नै हो : प्रहरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naya-basti-policeकाठमाडौं, २९ मंसिर । काठमाडौको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ ।

प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा रिपोर्टमा मादक पदार्थ सेवन गरेको नदेखिएपछि उनको हत्या भएको निकर्षमा प्रहरी पुगेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा बनेको छानबिन समिति रक्सी खाएको भनिए पनि उनको मृत्यु हत्याबाटै भएको निष्कर्षमा पुगेको हो ।

छानबिन समितिका संयोजक एसएसपी खनालले अनुसन्धान टुंगिनसकेको जनाउँदै थप अनुसन्धान भइरहेको र केही शंकास्पद अवस्था आएकाले छानबिन त्यतातिर मोडिएको बताए ।

स्रोतका अनुसार ट्याक्सी भाडाको विषयमा कुरा नमिल्दा लामालाई इटा प्रहार गरी हत्या गरिएको हो । सो घटनाको विषयमा अनुसन्धानका लागि मंलगबार साँझ प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । तर यसलाई प्रहरीले गोप्य नै राखेका छ ।