रौतहट । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू असार महिना हुने पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनका लागि योग्य कर्मठ, युवा, जुझारु एवम् नेतृत्व निर्वाह गर्ने क्षमतावान् उम्मेदवारको खोजीमा रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ रौतहटद्वारा बिहीबार गौरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले एमालेलाई एकताबद्ध बनाएर अगाडि लैजान सक्ने लाई अध्यक्ष बनाउनु पर्ने बताए ।
‘एमालेलाई एकताबद्ध अगाडि लैजान सक्ने तथा पार्टीमा समावेशिता कायम गर्न सक्ने व्यक्तिलाई अध्यक्ष बनाउनका निमित्त म कार्यकर्तासँग रायसुझाव र सल्लाह लिइरहेको छ,’ उनले भने ।
नेता नेपालले एमाओवादी तथा मधेसवादी केन्द्रित दल स्थानीय निर्वाचनको मुख्य बाधक रहेको आरोप पनि लगाए । पत्रकारले सोधेको एक प्रश्नको जवाफमा एमाले नेता नेपालले भने, ‘एमाले ठूलो पार्टी भएमा ३५ वर्षमा विश्वमा समृद्ध राष्ट्रका रुपमा नेपाल चिनिने छ ।’













प्रतिक्रिया