सिङ्टन, २३ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानका राष्ट्रपतीय उम्मेदवार द्वयलाई आपसमा सद्भाव राखि यथाशिघ्र राष्ट्रिय सरकार गठन गर्न सल्लाह दिएका छन् ।
गत आइतबार ह्वाइट हाउसद्वारा प्रकाशित एक विज्ञप्तिमा राष्ट्रपति ओबामाले अफगानिस्तानका राष्ट्रपतीय उम्मेदवार अब्दुल्ला अब्दुल्ला र असरफ घानीलाई अलगअलग टेलिफोन वार्ता गर्नुहुदै अफगानिस्तानमा राजनीतिक स्थायित्व र अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न दुईजना अपसमा शितयुद्धमा नलागी आपसी समझदारीमा संयुक्त राष्ट्रिय सरकार गठनका लागि योदगान दिन आह्वान गरेका हुन् ।
नयाँ राष्ट्रिय सरकारलाई अमेरिकाले सदैब समर्थन र पूर्ण सहयोग गर्ने बचनबद्धतासमेत ओबामा सो टेलिफोन वार्तामा प्रकट गर्नुभएको जनाइएको छ ।
गत जुलाई १२ मा अमेरिकी गृहमन्त्री जोन केरीको पहलमा दुई उम्मेदवारीबीच चलिरहेको मनमुटाव न्युनिकरण गर्ने प्रयासको दुई महिनापछि राष्ट्रपति ओबामाले उक्त सुझाव दिनुभएको बताइएको छ । – सिन्ह्वा














प्रतिक्रिया