१२ कार्तिक २०८३, बिहिबार

मधेसी मोर्चाको बैठक बिजुलीबजारमा बस्दै, सरकार र संशोधनबारे गम्भीर निर्णय गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha_meeting-650x326काठमाडौं, २५ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा र संसद सचिवालयमा दर्ता भएको संविधान संशोधनको विधेयकका विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्ने भएको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा अपरान्ह दुई बजे बस्ने बैठकमा संविधान संशोधनका विषयमा के भइरहेको छ भन्ने विषयमा छलफल केन्द्रित हुन सक्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए ।

‘सरकार गठनका बेला भएको तीन बुँदे सहमति र सोही अनुसार ल्याइएको संविधान संशोधनको प्रस्ताव कसरी अगाडि बढी रहेको छ भन्ने विषयमा बैठकमा छलफल हुन्छ’, महासचिव झाले भने, ‘यथाअवस्थामा संशोधन प्रस्ताव मान्ने पक्षमा मधेसी मोर्चा छैन । परिमार्जनका लागि दबाब पनि दिन सकिन्छ ।’

सरकारले संसद सचिवालयमा दर्ता गराएको चार बुँदे संविधान संशोधन प्रस्तावमा चित्त नबुझाएको मधेसी मोर्चाले परिमार्जनको कुरा राख्दै आएको छ ।