१२ कार्तिक २०८३, बिहिबार

माओवादीका पूर्व लडाकु शान्ति सेनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २५ मंसिर । कुनै समय राज्यविरूद्ध सशस्त्र युद्वमा होमिँदै मर्न र मार्न तयार हुने माओवादी लडाकु अहिले विश्वको द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ।

२०६९ कात्तिक १६ मा नेपाली सेनामा समायोजन भएका ८३ जना पूर्वलडाकु शान्ति स्थापनाका लागि यही वर्ष अफ्रिकी मुलुकहरू लेबलान, कंगो र दक्षिण सुडान पुगिसकेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सेनामा समायोजन भएपछि पहिलोपटक माओवादीका पूर्वलडाकुहरू नेपाली सेनाको पोसाक र युएनको निलो टोपी लगाउँदै शान्ति स्थापनाका लागि खटिएका हुन् ।

नेपाली सेनाका अनुसार यस वर्ष नै थप ८० जना शान्ति मिसनमा जाँदैछन् । उनीहरू अहिले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा प्रशिक्षण लिइरहेका छन् ।

पूर्वमाओवादी लडाकुलाई गत वर्षको वैशाख–जेठबाट मिसनमा जानका लागि प्रशिक्षण दिन थालिएको हो ।