१२ कार्तिक २०८३, बिहिबार

कर्मचारीदेखि संसदसम्म यसरी सुरु भयो फेरि खैलाबैला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २५ मंसिर । कर्मचारीको तलब कति बढ्छ ? उमेर हदबन्दी कति बनाउने ? बढुवा कहिले हुन्छ ? सरूवा कहाँ मिलाउने ? यी निजामती प्रशासनभित्र वर्षभरि बहस हुने र सबैभन्दा महत्व राख्ने विषय हुन् ।

जनतालाई सहज, सुलभ र प्रभावकारी सेवा दिने दायित्व बोकेको निजामती प्रशासन आफ्नै सुविधाका लागि मात्रै केन्द्रित हुँदा सार्वजनिक प्रशासन कमजोर र निश्प्रभावी बन्न पुगेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

सरकारफेरि निजामती कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० पुर्‍याउन निजामती सेवा ऐन, २०४९ मा पाँचौ संशोधन प्रक्रिया अघि बढाएपछि कर्मचारीतन्त्र, मन्त्रिपरिषददेखि संसदसम्म बहस चर्किएको छ ।