१२ कार्तिक २०८३, बिहिबार

अंगीकृत नागरिकता दिने देशमा नेपाल सबैभन्दा बढी लचिलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २५ मंसिर । दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सवैभन्दा लचिलो देखिएको छ ।

अन्य राष्ट्रले आफ्नो नागरिकसँग विदेश महिला विवाह गरेको निश्चित समयभित्र मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राखे पनि नेपालले भने त्यस्तो कुनै छेकबार राखेको छैन । नागरिक दैनिकले समाचार छापेको छ ।

दक्षिण एसियामा नेपाल एउटा मात्र त्यस्तो देश हो जहाँ विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेलगत्तै नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउँछन् ।

‘वैवाहिक अंगीकृत नागरिकताका लागि निश्चित समय तोक्नुको खास अर्थ हुन्छ तर हामीकहाँ त्यस्तो कुनै व्यवस्था छैन’, पूर्व कानुनमन्त्री अग्नी खरेलले भने,‘कुनै चिज परिपक्क हुन पनि समय चाहिन्छ । अंगीकृत नागरिकता पाउन सम्बन्धित देश बुझ्न पनि समय चाहिन्छ । राज्यलाई पनि नागरिकको आचरण बुझ्न समय चाहिन्छ । हामीकहाँ यो सबको लागि समय दिइएको छैन । बिहे गरेको भोलिपल्टै अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन सकिन्छ ।’

विश्वका प्रायः सबै देशले अंगीकृत नागरिकता प्रदान गर्न निश्चित समय तोकेको पाइन्छ । विदेशी महिलाले आफ्नो देशका नागरिकसँग विहे गरेको निश्चित समय वितेपछि मात्र अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउने व्यवस्था ती देशले गरेका छन् ।

  • नेपाल- विवाह गरेलगत्तै
  • भारत- विवाह गरेको सात वर्षपछि
  • भुटान- विवाहपछि जन्मेको सन्तानले नागरिकता पाएपछि
  • पाकिस्तान- विवाह गरेको पाँच वर्षपछि
  • श्रीलंका- विवाह गरेको सात वर्षपछि
  • अफगानिस्तान- विवाह गरेको पाँच वर्षपछि
  • माल्दिभ्स- विवाह गरेको १२ वर्षपछि
  • बंगलादेश- विवाह गरेको २ वर्षपछि