२८ आश्विन २०८३, बुधबार

चीन सरकारबाट एउटा बच्चा जन्माउने नीतिमा केही खुकुलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-child

बेइजिङ् २२ भदौ । चीनको महानगर बेइजिङ्मा रहेका करिब बीस हजार जोडीले दोस्रो बच्चा जन्माउने अनुमती प्राप्त गरेका छन् ।

सरकारद्धारा गत फेबु्रअरीबाट परिवार नियोजनको नीतिहरुलाई केही खुकुलो पारिदिएपछि सो अनुमती प्राप्त भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

गत अगस्तको अन्त्य सम्ममा २१ हजार २४९ जोडीलाई दोस्रो बच्चाको अनुमतीको माग गर्दै निवेदन दर्ता गरेको बेइजिङ् महानगरका स्वास्थ्य तथा परिवार नियोजनले नियोगले जानकारी दिएको छ ।

सो निवेदन दर्ता गराउनेहरुमा ५६ प्रतिशत महिलाहरू ३१ देखि ३५ वर्षसम्मका रहेका बताइएको छ । त्यसैगरी ५३७ जना महिला ४० वर्ष भन्दा बढीका रहेको जनाइएको छ ।

सरकारले जनसङ्ख्या वृद्धिका कारण दशकौदेखि लागु गरिदैँ आएको एउटा बच्चा जन्माउने नीतिलाई गतवर्षको अन्त्यदेखि केही खुकुलो गरिएको थियो । रासस / सिन्ह्वा