१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीले एमालेलाई लगाए यस्तो ‘संगिन’ आरोप, भण्डाफोर गर्न नेताहरूलाई निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-prachand-maoकाठमाडौं, २२ मंसिर । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुटवललगायत क्षेत्रमा चलिरहेको सीमांकन हेरफेरविरोधी प्रदर्शनलाई गणतन्त्र र संघीयता मास्ने षड्यन्त्रको अंग भएको आरोप लगाएका छन् ।

पेरिसडाँडामा एक साता चलेको पार्टीको पोलिटब्युरो बैठक मंगलबार समापन गर्दै दाहालले प्रमुख प्रतिपक्षी एमालेको सक्रियतामा चलेको उक्त प्रदर्शनमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता पछिल्ला परिवर्तन मन नपराउनेहरू हावी भएको भन्दै जनताबीच गएर भन्डाफोर गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘उनीहरू (एमाले) खुसी–खुसी आफूलाई मन परेर संघीयतामा, गणतन्त्रमा आएका होइनन्, बाध्यताले आएका हुन्, त्यसैले संविधानमा घोषणा भएको तर हालसम्म कार्यान्वयनमा नआएको प्रादेशिक सीमांकन मिलाउने प्रस्तावलाई ‘राष्ट्रघाती’ प्रचार गर्दै संघीयता नै काम लाग्दैन भन्ने जस्ता प्रचार गर्न व्यस्त छन्’, दाहालले बैठकलाई सम्बोधन गर्दै भने, ‘यो परिवर्तनको मुख्य नेता माओवादी हो, तपाईंहरू परिवर्तनको रक्षा गर्न गाउँसम्म अभियान लिएर जानुहोस् ।’

दाहालले संविधान जारी गर्ने बेला गत वर्ष नै संशोधनका लागि लचकता अपनाउने, आन्दोलनका माग सम्बोधन गर्ने सहमति ठूला दलहरूबीच भएको बताउँदै आफ्नो समर्थनमा सत्तारोहण गरेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै भारतमा दूत पठाउने गरेको, अहिले संशोधनका लागि देशभित्रै कोसिस गर्दा भने राष्ट्रवादी देखिने गरेको भन्दै पार्टीले पर्याप्त खण्डन गर्न नसकेको गुनासोसमेत पार्टीपंक्तिभित्र गरेका थिए ।