२८ आश्विन २०८३, बुधबार

एएफसी यु–१६ च्याम्पियनसिप: नेपाल उज्वेकिस्तानसँग बराबरीे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football

काठमाडौँ, २२ भदौ । एएफसी सोह्र वर्षमुनि (यु–१६) च्याम्पियनसिप फुटबल प्रतियागितामा नेपालले आइतबार डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानसँग बराबरी खेलेको छ ।

थाइल्यान्डको बैङ्ककस्थित मुआङथोङ रङ्गशालामा भएको प्रतियोगितामा नेपालले सबैभन्दा बलियो मानिएको टोली उज्वेकिस्तानलाई १–१ गोलको बराबरीमा रोकेको हो । प्रतियोगितामा खेलको मध्यान्तरसम्म दुवै टालीले गोल गर्न नसके पनि मध्यान्तरपछि सुरु भएको आठ मिनेटमा नै उज्वेकिस्तानले पहिलो अग्रता लियो ।

उज्वेकिस्तानका कुिचमोभले खेलको ५३ औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् । त्यस्तै नेपाललाई गोल फर्काउन खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयसम्म कुर्नुप¥यो ।

मध्यान्तरपछि चार मिनेट समय थप गरिएको अतिरिक्त समय ९३ औँ मिनेटमा नेपालका किरण सुनुवारले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा टुङ्गाए ।

प्रतियोगितामा नेपाली टोली कप्तान विमल घर्तीमगरबिना नै मैदानमा उत्रिएको थियो । प्रतियोगिताको छनोट चरणको खेलमा विमलले लगातार दुई पहेँलो कार्ड खाएको कारण पहिलो खेलमा सहभागिता जनाउन पाएनन् । समूह सीमा रहेको नेपालले दोस्रो खेल यही भदौ २४ गते प्रजातन्त्रिक जनगणतन्त्र कोरियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गर्ने टोलीले अर्काे वर्ष चिलीमा हुने यु–१७ विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ । गत वर्ष काठमाडौँस्थित दशरथ रङ्गशालामा भएको एएफसी च्याम्पियनसिप छनोट चरण प्रतियोगितामा नेपालले छनोट हँुदै उक्त प्रतियोगितामा सहभागिता जनाएको हो । समूह सीमा नेपालसहित उज्वेकिस्तान, प्रजातन्त्रिक गणतन्त्र कोरिया र कुवेत छन् । रासस