काठमाडौं, २० मंसिर । अर्थ मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री कृष्णबहादुर महराले सूचना तथा सञ्चार मन्त्रालयमा ठाडो हस्तक्षेप गर्न थालेका छन् ।
व्यापारी अजय सुमार्गीले ब्रिटिस भर्जिन आइल्यान्डमा राखेको कालोधनलाई सेता बनाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहालले सुमार्गीलाई दिएको स्रोतले जनाएको छ । तरुण साप्ताहिकले समाचार छापेको छ ।
यही सिलसिलामा महरा र व्यापारी सुमार्गीवीच नङ र मासु जस्तो सम्बन्ध स्थपित भएको हो ।
यतिबेला उपप्रधानमन्त्री महराले छोरा एटमलाई सुमार्गीको सहयोगीका रुपमा राखेका छन् । सुमार्गीकै आइडियाअनुसार एटमले विभिन्न व्यापारी तथा अर्थ मन्त्रालयका कर्मचारीहरूसँग रकम मात्रै उठाउने गरेका छ्रनन्, सञ्चार मन्त्रालय नै चलाउन उपप्रधानमन्त्री महरा र प्रधानमन्त्री दाहालमार्फत मन्त्री राम कार्कीमाथि दबाब दिने गरेका छन् ।
समाचार स्रोतका अनुसारका अनुसार नेपाल टेलिकम आफ्नो अनुकूल नबनाए कार्कीको मन्त्री पद नै खाइदिने चेतावनी व्यापारीहरूले समेत दिन थालेका छन् ।














प्रतिक्रिया