१२ कार्तिक २०८३, बिहिबार

महन्त ठाकुरले फेरि दिए मधेस अलग राज्य हुने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahanta-thakurकाठमाडौं, २० मंसिर । राष्ट्रपतिसँगको छलफलमा मधेस केन्द्रित दलका नेताले मधेसमाथिको विभेद जारी रहे अलग्गै राज्य हुनसक्ने चेतावनी दिएका छन् ।

संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेस दलका नेताले नश्लवादी सोच त्याग्न पनि आग्रह गरे । नागरिक दैनिकले समाचार छापेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतामाथि विभेद जारी रहेको बताउँदै प्रमुख राजनीतिक दललाई नश्लवादी सोच त्यागेर समस्या समधानमा लाग्न आग्रह गरे ।

‘मधेसी अब यो सत्तासँग रहेनन्, अब मधेस पनि नरहन सक्छ’, ठाकुरको भनाई उदृत गर्दै एक नेताले भने, ‘मधेस अलग पनि हुनसक्छ ।’