१२ कार्तिक २०८३, बिहिबार

रड देखाएर ललितपुरमा ५५ लाख बराबर लुटपाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chorलालितपुर, १९ मंसिर । ललितपुरमा शनिबार बिहान करिब ५५ लाख रुपैयाँ बराबरको डकैती भएको छ ।

नकाबधारी समूहले महालक्ष्मीस्थानस्थित घरमा पुगेर परिवारका सदस्यलाई नियन्त्रणमा लिई ३४ लाख नगद र ४१ तोला सुन गरी ५५ लाख रुपैयाँ बराबरको धनमाल लुटेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बिहान करिब पौने ३ बजे घरको मुख्य ढोकाको चुकुल फुटाएर उनीहरूभित्र छिरेका थिए ।

हातमा रड लिएर छिरेका उनीहरूले परिवारका ६ जना सदस्यलाई नै मार्ने धम्की दिँदै डोरीले हातखुट्टा बाँधेका थिए । आफूहरूलाई मुखमा समेत टेपले बाँधेर लुटपाट गरेको पीडितहरूले बताएका छन् ।

नकाबधारी समूहले मार्ने धम्की दिई दराजको साँचो देखाउन लगाई नगद र सुनका गहना लिएर भागेका हुन् ।

साढे दुईतले घरमा पहिलो तलाबाट परिवारले ट्रान्सपोर्टसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका थिए । माथिल्लो तलामा उनीहरू बस्दै आएका थिए ।

एउटा ढोकामा मात्र ताला लगाएकाले डकैती गर्नेहरूलाई सजिलो भएको थियो ।