१२ कार्तिक २०८३, बिहिबार

मेलम्चीमा फेला परेको पहेंलो धातु सुन भएको दाबी

9.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goldकाठमाडौं, १९ मंसिर । काभ्रेको मेलम्ची नगरपालिकाका प्रहरी निरीक्षक निरज डाँगीकाअनुसार भूर्गवविदहरुले गरेको अनुसन्धानको तथ्यांकमा मेलम्ची क्षेत्रभर नै सुन हुन नसक्ने दाबी गरेका छन् ।

‘मेलम्ची क्षेत्रभर सुन हुन नसक्ने प्रमाण भूर्गविदले दिएका छन्’, प्रहरी निरीक्षक डाँगीले भने, ‘पदार्थ टेष्टमा लगेलगत्तै यहाँ भएको वातावरण भौगोलिक अवस्थाको आधारमा यहाँ सुन पाइने सम्भावना नै नभएको भूर्गभविदको प्रमाणित विवरणले बताएको छ ।’

उनले भूर्गभविदहरुले सुन पाइने कुनै लक्षण नै नभएको दाबी गरेपनि आहिले हेडवर्क्समा भेटिएको पदार्थसहितको पत्थर कुन खनिज हो भन्ने तथ्य थाहा पाउन खानेपानी आयोजनाले ल्याब टेष्टको लागि लगेको जानकारी दिए ।

नदी छेउमा पहाड काट्ने क्रममा पहेंलो पदार्थ आउने ढुंगा भेटीएपछि अनुसन्धानको लागि तत्कालको काम रोकिएको थियो ।