१२ कार्तिक २०८३, बिहिबार

राजधानीको रिङरोड विस्तारमा सरकारी उदासीनता, चिनियाँ कम्पनीलाई काम गर्न दिइएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ring-road-kathmanduकाठमाडौं, १९ मंसिर । सरकारी उदासीनताका कारण राजधानीको रिङरोड विस्तारमा ढिलाइ भएको छ ।

अहिलेकै गतिमा काम गर्दै जाने हो भने २७ किलोमिटर रिङरोड विस्तारको काम सन् २०२९ मा मात्र सकिनेछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले रिङरोड निर्माणलाई गम्भीर रूपमा नलिँदा निर्माण कहिले सकिन्छ भन्ने अनिश्चित भएको छ ।

रिङरोडको पहिलो चरण कलंकीदेखि कोटेश्वर खण्ड १० दशमलव ३९ किमि विस्तार सन् २०१२ बाट थालिएको हो । तर, सन् २०१८ जुलाईमा मात्र उक्त खण्ड पूर्ण रूपमा निर्माण हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको आँकलन छ ।

यस हिसाबमा हेर्दा साढे ६ वर्षमा रिङरोडको १० दशमलव ३९ किमि खण्डको मात्र विस्तार सम्पन्न हुनेछ । ५ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त ८ लेन सडकको निर्माण चिनियाँ कम्पनी सांघाई कन्ट्रस्क्सनले गरिरहेको छ ।