१२ कार्तिक २०८३, बिहिबार

रेडियोको स्टेशन म्यानेजरमा भगेरो नियुक्त

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image-nameमंगलसेन, १४ मंसिर । रेडियाको स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त भएको छ।

अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमले रेडियोको स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको हो।

रेडियो रामारोशन एफएमको मंगलसेन नगरपालिका–६ ठूलासैनस्थित प्रसारण केन्द्रको भवन परिसरमा एक वर्षदेखि नियमित बसिरहेको भँगेरोलाई सोमबारबाट लागू हुनेगरि मानार्थ स्टेसन म्यानेजर पदमा नियुक्त गरिएको कार्यकारी निर्देशक वेदप्रकाश तिमल्सेनाले जानकारी दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।