१२ कार्तिक २०८३, बिहिबार

विवाद भएपछि योगगुरु रामदेवले मुख खोले, दिए नयाँ प्रतिक्रिया

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramdev-1476932608काठमाडौं, १४ मंसिर । योगगुरु रामदेवले पतञ्जली आयुर्वेद प्रालि, नेपालमा हालसम्म आफूले लगानी नै नगरेको दाबी गरेका छन् ।

उनले सोमबार विज्ञप्ति जारी गर्दै उक्त प्रालिमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उनकी श्रीमती समता प्रसादको मात्र लगानी रहेको जनाएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘पतञ्जली आयुर्वेद प्रालि नेपालमा आजसम्म जे जति लगानी भएको छ, त्यो सबै डा.उपेन्द्र महतो र उहाँकी धर्मपत्नी डा.समता प्रसादबाट भएको हो । यसमा आजको मितिसम्म पतञ्जली आयुर्वेद लिमिटेड भारतको कुनै लगानी छैन’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योजना अनुसार भविष्यमा पतञ्जली आयुर्वेद लिमिटेड भारतबाट जे जति लगानी हुन्छ, त्यो सबै नेपाल सरकारको प्रचलित कानुनअनुसार प्रक्रिया पुर्‍याएर नै गरिनेछ ।’