१२ कार्तिक २०८३, बिहिबार

योग गुरु रामदेवलाई दुई सय विघा जग्गा दिइने, फाइल पुग्यो प्रधानमन्त्रीको टेबुलमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramdev-adda-759दाङ, १४ मंसिर । पतन्जली योगपीठ हरिद्धार भारतका स्वामी रामदेवलाई जडीबुटी खेती तथा आयुर्वेद शिक्षण अस्पताल निमार्णका लागि भन्दै नेपाल संस्कृत विश्व विद्यालयले २ सय बिघा जग्गा भाडामा दिने तयारी गरेको छ ।

विश्वबिद्यालयका उपकुलपति कुलप्रसाद कोइराला तथा उच्च कर्मचारीको पहलमा ४० वर्षका लागि जग्गा भाडामा दिन लागिएपछि विश्वविद्यालयका पदाधिकारी नै विरोधमा उत्रिएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

स्थानीय तहमा विवाद भएपछि यस सम्बन्धी फाइल सिधै प्रधानमन्त्री पुष्पकमल दाहालकहाँ पठाइएको छ ।

स्रोतका अनुसार रामदेवले प्रधानमन्त्रीलाई प्रभावमा पारेर उक्त निर्णय गराउँदैछन् ।