२८ आश्विन २०८३, बुधबार

सङ्कटा क्लब सेमिफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ANFA-Cup-Sankataकाठमाडौं, २१ भदौ । राजधानीमा जारी एन्फा कप फुटबल प्रतियोगितामा सङ्कटा क्लबले मोफसलको टोली मोरङ फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा शुक्रबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा सङ्कटा मोरङलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै सङ्कटा सेमिफाइनलमा प्रवेश गर्ने चौथो टोली हो । यसअघि झापा फुटबल क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगितामा उपाधिको दाबेदार मानिएको लिग लिडर मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब र नेपाल प्रहरी क्लब भने प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेका छन् ।

सङ्कटाको जितमा बरशात गुरुङ नायक बने । उनले खेलको ५१औँ मिनेटमा गरेको एक गोल नै सङ्कटाको लागि निर्णायक गोल सावित भयो ।