१२ कार्तिक २०८३, बिहिबार

लोकमान सिंहको मुद्दाको फैसला दुई सातामै हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokman-singh-karkiकाठमाडौं, १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सुनुवाइ थालेको दुई सातामै फैसला हुने भएको छ ।

मुद्दामा अन्तिम सुनुवाइका लागि प्रक्रिया पूरा भएको छ । मुद्दाको पेसी १६ गते तोकिएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

‘सबै प्रमाण तयार भएकाले मंसिर १६ गतेदेखि अन्तिम सुनुवाइको पेसी तोकिएको छ’, सर्वोच्च अदालत प्रशासनले भन्यो, विपक्षीका कानुन व्यवसायीले मुद्दा लम्ब्याउने प्रयार नगरे सुनुवाइ सुरुको दुई सातामै फैसला हुनसक्छ ।’

अदातती बन्दोबस्ती नियम अनुसार कार्कीका कानुन व्यवसायीले दुई पटकसम्म सुनुवाई स्थगन गर्न पाउनेछन् ।