१२ कार्तिक २०८३, बिहिबार

कांग्रेस–एमालेको सम्बन्ध सुधार्न देउवाको यस्तो अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-deubaकाठमाडौं, ९ मंसिर । सत्तारुढ दल कांग्रेसले संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सहमत गराउने प्रयत्न गरेको छ ।

संशोधन विधेयक दर्ता गराए प्रतिवाद गर्ने एमालेले घोषणा गरेपछि कांग्रेस उसलाई फकाउन लागेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार एमाले अध्यक्ष केपी ओलीलाई भेटी संविधानले निर्दिष्ट गरेको समयभित्रै निर्वाचन गर्नका लागि मधेसको माग सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।

पौडेलले संविधान संशोधनबाट मधेसको माग सम्बोधन गरी निर्वाचनमा जानुको विकल्प नरहेको बताउँदै ओलीलाई संशोधनको प्रक्रियामा आउन आग्रह गरे । उनले राष्ट्रहित हुन गरी नै संशोधन गर्न सकिने बताएका थिए ।