१२ कार्तिक २०८३, बिहिबार

लोकमानमा बारेमा यस्तो कुरा आएपछि देउवाको अनुहारमा चमक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba

काठमाडौं, ८ मंसिर । ‘रात रहे अग्राख पलाउँछ’ त्यसै भनिएको हैन रहेछ । दिन जति–जति घर्कदै गयो,लोकमान प्रकरणमा पनि विभिन्न जोड–घटाउ चल्न थालेका छन् । गतिलाले साथ नदिदा लोकमान त्यसै पनि दिनदिनै केटाकेटी शैलीमा प्रस्तुत भइरहेका छन् ।

हुुदो नहुुँदो उपाय निकालेर महाअभियोग र मुुद्धाबाट बच्नका लागि राजनारायण पाठकबाहेकका आयुुक्तको योग्यतासम्वन्धी रिट दायर गराएका छन् ।  र, हिजोआज बातैपिच्छे ‘इण्डियाले गर्ने भयो’ जस्ता शव्द निकाल्न थालेका छन् ।

यदि ‘स्याल कराएको र बाख्रा हराएको’ जस्तो होइन भने भारत भ्रमणबाट फर्किएका कांग्रेस सभापति शेरबहादुर देउवाले लोकमानको मामिलामा केन्द्रित भएर आफू निकटका कानुन व्यवसायीसँग परामर्श गरेका छन् ।

पत्नी आरजुुको उपस्थितिमा उनले गरेको परामर्शमा लोकमानलाई बचाउन सकिने र बचाउनै नसकिने गरी दुबैखाले प्रतिक्रिया आएका छन् । सुुझावमध्ये एकजनाको सुझावले देउवाको अनुहारमा चमक आयो । सुझाव थियो संसद र सर्वोच्चले एकै समयमा एउटै बिषयको वहस चलाउन मिल्ने कि नमिल्ने ?

जनआस्था साप्ताहिकमा खवर छ ।