१२ कार्तिक २०८३, बिहिबार

साउदीका कम्पनीहरू टाट पल्टिँदै, तलव पाउनै छाडे नेपालीहरूले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi-2काठमाडौं, ८ मंसिर । नेपाली कामदारको लागि प्रमुख गन्तव्य मानिएको साउदी अरबको रोजगारीमा संकट बढ्न थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य तल्लोस्तरमा रहेपछि अर्थतन्त्रमा जटिलता बढ्न थालेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

साउदीका कम्पनीहरु धराशायी हुने क्रम बढ्न थालेपछि काम तथा तलब नपाउने नेपाली कामदारको संख्या ह्वात्तै बढेको हो ।

साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले ५० भन्दा बढी कम्पनीमा कार्यरत कम्तीमा एक हजार नेपाली काम र तलब नपाएर अलपत्र परेको जनाएको छ ।

दूतावासले साउदीको पछिल्लो अवस्थाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिदैं नयाँ कामदार पठाउँदा सतर्कता अपनाउन ध्यान दिन अनुरोध गरेको छ ।

दूतावासले सम्बन्धित कम्पनीलाई तलव दिएर स्वदेश पठाइदिन आग्रह गरे पनि सुनुवाइ भएको छैन ।

कम्पनीले साउदी सरकारबाटै परियोजनाको रकम भुक्तानी नगर्दा कामदारलाई तलव दिन नसकेको भन्दै पन्छिन थालेका छन् ।