१२ कार्तिक २०८३, बिहिबार

भारतीय नागरिकले यसरी लिन्छन् नेपाली नागरिकता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

सिरहा, ७ मंसिर । असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान ५ मा कुटाकुट भयो । कुटपिट गर्ने लहान ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाए ।

मुद्दाको फाइलसहित अरोपित रहकानलाई बयानका लागि सरकारी कार्यालय सिरहा लगियो । तर, लहान ५ स्थायी निवासी रहमानले आफू भारतीय नागरिक भएको बयान दिए । नागरिक दैनिकले समाचार छापेको छ ।

सार्वजनिक अपराधसँगै प्रहरीले रहमानको नागरिकताबारे बुझ्यो । अनुसन्धानमा देखियो– नामः मोहमनद ज्याउल रहमान, पिताको नाम दोस्त मोहमद, नागरिकता नम्बर १५३००५–२०१ लाहन ५ सिरहा । नागरिकता जारी गर्ने टोली प्रमुख थिए शिवराम यादव । रहमानले ०६३ चैत २९ मा लहान ५ मा खटिएको नागरिकता टोलीबाट जन्मसिद्ध नागरिकता प्रमाणपत्र लिएका थिए ।

यो त एक प्रतिनिधि उदाहरण मात्र हो । भारतमा अपराध गरेर नेपाल आई नेपाली नातेदार मार्फत उनीहरुले नागरिकता लिने गरेका छन् ।

गृह मन्त्रालयका अनुसार ०५५ यता गैरकानुनी रुपमा गैरनेपालीले लिएको नागरिकता रद्द गरिएका मध्ये ९५ प्रतिशत भारतीय छन् ।

नागरिकता वितरणमा कडाइ, सिफरिस गर्ने हकमा राजनीतिक इमानदारिता नभएसम्म नवनागरिककको वर्चश्व समाजमा बढ्दै जाने प्राध्यापक चक्रपाणि खनालले बताए ।

अधिकारकर्मी विनोद कुमार बिसुन्ख मधेसका दलित, जनजाति, चमार, डोम, मुसहर लगायत हजारौले अझै नागरिकता पाउन नसकेको तर ज्याई–भान्जाको नाममा नवनागरिक बढिरहेको चिन्ता व्यक्त गरे ।