पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्वतको दोस्रो जिल्ला अधिवेशनले पुनःठाकुरप्रसाद भुसालको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
समितिका उपाध्यक्षमा चूडामणि उपाध्याय, उपाध्यक्षमा नारायणदत्त भुसाल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा गङ्गे दमार्इं र कोषाध्यक्षमा अञ्जु पौडेल रहनुभएको छ । त्यसैगरी सदस्यमा किशोर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, किशोर कुुँवर, कुसुमदेवी शर्मा, राधादेवी भुसाल, यज्ञ तिवारी, शान्ति नेपाली, दुर्गाबहादुर खाँड, दीपक श्रेष्ठ, गुरुदत्त सुवेदी, बालकृष्ण पौडेल, नरबहादुर क्षेत्री, पदमबहादुर दमाइं, शारदा शर्मा, ठाकुरबम मल्ल रहनुभएको छ ।
अधिवेशनले राप्रपा नेपालको आसन्न केन्द्रीय महाधिवेशनका लागि १६ सदस्यीय केन्द्रीय प्रतिनिधिसमेत निर्विरोध रुपमा निर्वाचित गरेको छ । जिल्ला अधिवेशनकै अवसर पारेर पर्वतका दुईवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भएअनुसार क्षेत्र नं १ मा हेमलाल शर्मा र क्षेत्र नं २ मा हेमप्रताप सेनको अध्यक्षतामा कार्यसमिति गठन गरिएको जिल्ला सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।
अधिवेशनकै अवसरमा भएको भेलाले स्थानीय निकायको निर्वाचन गर्नका लागि दबाब सिर्जना गर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी पर्वत जिल्लालाई विद्युत्भार कटौतीमुक्त जिल्ला घोषणा गर्नका लागि पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ ।














प्रतिक्रिया