बाजुरा, ३ मंसिर । बाजुरा बडिमालिका नगरपालिका –९ ढम्कनेका नन्दे रोकाया उमेरले ४५ बर्षका भए । उनी विरामले थला परेको चार महिना वित्यो । विराम सुरु हुनासाथ आफन्तले घरमा भएको पैशा र गाउँलेले जुटाएर दिएको २७ हजार लिएर बाजुरा जिल्ला अस्पताल, अछामको बयालपाटा अस्पताल, धनगढी सम्म उपचारका लागि पु¥याए । सुरुमा रोग पत्ता लागेन । धनगढीबाट भारतको खटिमा प¥याए त्यहाँ रोग पत्ता त लाग्यो तर उपचार सम्भव भएन ।
बोन क्यान्सर भएको थाहा भयो तर उपचार खर्च नहुँदा घर फक्रिय । भएको पैशा सकियो क्यान्सर रोगमा निकै ठुलो धनरासी खर्च हुने थाहा पाएपछि उनि घर फर्किन बाहेक कुनै विकल्प नै रहेन । हाल थप उपचारका लागि खर्च नहुँदा रोकाया गाउँमै मृत्यु कुरेर छटपटाई रहन बाध्यभएका छन ।
गरिब परिवारका रोकायालाई नेपालमै क्यान्सर सम्बन्धिको उपचार हुने जानकारी भएपनि त्यहाँ सम्म जाने भाडा समेत नभएपछि आफन्तले उपचार गराउन सकिरहेका छैनन । गाउँलेहरुले पनि एक पटक उपचार खर्च दिलाइ सकेका छन ऋण काडेर उपचार गराउँदा पनि निको हुन्छ या हुँदैन पछि तिर्ने कसरी घरपरिवार विछिप्त छ गाउले राम बहादुर धामीले बताउनुभयो । गरिबीका कारण उपचारका लागि क्यान्सर अस्पताल सम्म पुग्न सकिएन दाइको पीरले जीवनमा निकै दुःखी बनाएको छ भाइ लोकेन्द्र रोकायाले गुनासो गरे । उपचार गर्न लैजान मन थियो पैसा कहाँबाट जुटाऔ गाउँले संग पनि कति पटक माग्नु अस्पताल लैजान मात्रै २० हजार खर्च लाग्छ भन्ने सुनेका छौ अव उपचार भन्दा मृत्यु कुर्न बाहेक केहि रहेन भाइ लोकेन्द्रको दुखेसो थियो । रोकायाका तिन छोरी एक श्रीमति र वुवा उनकै साहारामा बाँचि रहेका छन । उनलाई सरकारले क्यान्सर सम्बन्धि एक लाख सम्मको निशुल्क औषधी दिने जानकारी त थियो अस्पताल सम्म जाने भाडा समेत नहुँदा उपचारको आशा नै छोडेका छन ।
खेति किसान गरेर खाने परिवार अहिले विरामीकै स्याहारमा वितेको छ । धरको काम गर्न कसैले पाएका छैनन उनलाई कतिखेर के हुने हो भन्ने पिरले काम गर्ने जाँगर नभएकाले खेतबारी बाँझो राख्न परेको परिवारले बातउँछन । खेतबारी बाँझो भएपनि थप समय परिवार पाल्नलाई समेत समस्या हुने भएको छ ।













प्रतिक्रिया