२८ आश्विन २०८३, बुधबार

श्रीकृष्णको वियोगमा डुबेकी श्वेता भन्छिन्- ‘गाह्रो भयो आफैले आफैंलाई समाल्न’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sweta-khadka

काठमाडौं, १८ भदौ । नायिका श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी उनकी धर्मपत्नी एवं नायिका श्वेता खड्काका अझै आँखा ओभाएका छैनन् ।

श्रीकृष्णको निधनपछि मुर्छित अवस्थामा रहेकी श्वेताले केही दिन अघि फेसबुकमार्फत भगवानलाई धिक्कार्दै पहिलोपटक प्रतिक्रिया लेखेकी थिइन् । यतिबेला भने श्वेताले श्रीकृष्णको सम्झनामा कविता सार्वजनिक गरेकी छिन् ।

विहेको एक महिना नबित्दै श्रीमान गुमाएकी श्वेताले आफ्नो भावना फेसबुकमार्फत पोख्दै आएकी छिन् । श्वेताले बुधबार श्रीकृष्णको सम्झनामा फेसबुकमै कविता लेखेकी छन्, यसरी:

अनेक कोसिश गर्छु म अगाडि हिड्न

तर म आज आफैंलाई समाल्न सक्दिन,

भन्थे जीन्दगीका हरेक मोडमा संघर्ष गर्छु

तर म आज आफैंलाई समाल्न सक्दिन,

कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले

मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,

दैब लाग्नुको पनि एउटा सीमा हुन्थ्यो होला

मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,

सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न

टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई,

हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन

मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,

रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन 

समाल्न कहाँ गुहारौं कसलाई गुहारौं छैन मसँग शक्ति

मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,

फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई

मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न,

लौ अब तिमि आफैं भन म कुन बाटो लागौं मलाई

गार्हो भयो आफैले आफैंलाई समाल्न