२८ आश्विन २०८३, बुधबार

योजना आयोगको उपाध्यक्षमा डा. पोखरेल नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-Pokharel

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पोखरेललाई नियुक्त गरेको हो । पोखरेल यसअघि बैकल्पिक उर्जा केन्द्र ललितपुरमा कार्यरत थिए ।

मन्त्रिपरिषद बैठकले मुलुकभर थप ७२ नगरपालिका गठनको प्रस्तावमा पनि स्वीकृति दिएको छ ।

त्यसैगरी पछिल्लो समय विराटनगरमा महामारीको रुपमा फैलिएको जन्डिस लगायतका रोग नियन्त्रणका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारी र केन्द्रमा मुख्य सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

मन्त्रिपरिषदले एसियन विकास बैंकबाट प्राप्त ३ अर्ब रकमलाई समेत स्वीकृत गरेको छ ।