३१ आश्विन २०८३, शनिबार

यी हुन् भारतीय दूतावासको भोज खान लैनचौर पुगेका नेता (फोटो फिचरसहित)

141.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pranab-indian-embassy-6

काठमाडौं, १७ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरी भोज खुवाए ।

भोज खान उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको लाइन लागेको थियो ।

को–को पुगे लैनचौर ?

pranab-indian-embassy-2

लैनचौर पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला, नेता डा शेखर कोइराला, सरकारमा सहभागी नेपाली कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरुले भेट गरेका थिए ।

यो पनि पढ्नुस्ः भारतीय दूतावासको भोजमा नेताहरुको लाइन, एमाले अध्यक्ष ओली गएनन् 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, एमालेका उपाध्यक्ष बामदेव गौतम र भीम रावल, पूर्वसभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री कृष्ण महरा, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पनि भेट गरेका थिए ।

यसैगरी, भारतीय राष्ट्रपतिसँग भेट गर्ने अन्य नेतामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार लगायतका थिए ।

pranab-indian-embassy

त्यस्तै, राष्ट्रपति मुखर्जीसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले भेट गरेका थिए ।

स्वागत समारोहमा आमन्त्रित व्यक्तिहरुसँगको भेटघाटमा राष्ट्रपति मुखर्जीले करिब आधा घन्टा समय व्यतित गरे । सोही क्रममा राष्ट्रपति मुखर्जीले इन्डियन हाउस गइ त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।

pranab-indian-embassy-1

दुई देशका राष्ट्रिय गानको धून बजाएर स्वागत समारोह सुरु र अन्त्य गरिएको थियो । हँसिलो मुद्रामा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसँग राष्ट्रपति मुखर्जी मञ्चमा आसीन थिए । भेटघाटमा नेपालका लागि भारतका राजदूत रणजीत रायको सहभागिता थियो ।

मुखर्जीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइ दिने देउवाको विश्वास

भारतीय राष्ट्रपतिसँग भेटपछि सभापति देउवाले राष्ट्रपतिको भ्रमणमा सहभागी भएका भारतीय सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै भारतीय राष्ट्रपतिको यस भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

नेपाल–भारतबीचको सम्बन्ध सदियौं पुरानो रहेको र यस्ता विशिष्ट भ्रमणले जनस्तरको सम्बन्ध अझ सुदृढ हुने प्रतिक्रिया दिँदै उनले भने– ‘नेपाल नयाँ संविधानको कार्यान्वयन गर्न लागिपरेको छ ।’

एमाले अध्यक्ष ओली गएनन्

भारतीय राजदूतावासले भोज खान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएको थियो । तर, ओली अनुपस्थित रहे । पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल अहिले विदेश भ्रमणमा रहेपनि अध्यक्ष ओली काठमाडौंमै हुँदासमेत भोजमा सरिक भएनन् ।

यसबारे ओलीका सहयोगी राजेश बज्राचार्यले अध्यक्ष ओली भारतीय राजदूतको भोजमा नगएको पुष्टि गरे । ‘अध्यक्षज्यू निवासमै पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त हुनुहुन्थ्यो,’ उनले भने- ‘भारतीय राष्ट्रपति प्रवण मुखर्जी र अध्यक्षबीच भोली विहान ७:५५ मा बजे भेटघाट गर्ने समय तय भएको छ, भोली नै कुराकानी हुन्छ ।’

pranab-indian-embassy-8 pranab-indian-embassy-7  pranab-indian-embassy-4 pranab-indian-embassy-3