३१ आश्विन २०८३, शनिबार

भारतीय दूतावासको भोजमा नेताहरुको लाइन, एमाले अध्यक्ष ओली गएनन्

131.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli

काठमाडौं, १७ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरी भोज खुवाउनुभएको छ ।

भोज खान उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको लाइन लागेको थियो ।

केपी ओली गएनन्

भारतीय राजदूतावासले भोज खान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएको थियो । तर, ओली अनुपस्थित रहनुभयो । पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल अहिले विदेश भ्रमणमा रहनुभएपनि अध्यक्ष ओली काठमाडौंमै हुँदासमेत भोजमा सरिक हुनुभएन् ।

ओलीका सहयोगी राजेश बज्राचार्यले अध्यक्ष ओली भारतीय राजदूतको भोजमा नगएको पुष्टि गर्नुभयो । ‘अध्यक्षज्यू निवासमै पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त हुनुहुन्थ्यो,’ उहाँले भन्नुभयो– ‘भारतीय राष्ट्रपति प्रवण मुखर्जी र अध्यक्षबीच भोली विहान ७ः ५५ मा बजे भेटघाट गर्ने समय तय भएको छ, भोली नै कुराकानी हुन्छ ।’

एमालका तर्फबाट उपाध्यक्षद्धय वामदेव गौतम र भीम रावल, उपमहासचिव विष्णु पौडेल लगायतका भने सहभागी भएको भएका एक नेताले बताए ।

दूतावासले मुखर्जीको सम्मानमा दूतावास परिसरभित्रै दिवाभोज आयोजना गरेको थियो ।