२८ आश्विन २०८३, बुधबार

भारतलाई जापानको ३४ अर्व अमेरिकी डलर बराबरको आर्थिक सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japaninadai-fioanजापान, १७ भदौ । जापानले भारतलाई ३४ अर्व अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । जापान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री शिंजो आबेबीच आर्थिक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापछि जापानी प्रधानमन्त्री आबेले मोदीको भ्रमण निकै सकारात्मक रहेको प्रतिक्रिया पत्रकारहरुलाई दिए ।

उनले भारतको विकासमा सहयोग गर्न जापान हरपल तयार रहेको प्रतिक्रिया दिएका छन् । जापानी प्रधानमन्त्रीले भारतको पवित्र नदी गंगाको शुद्धिकरण गर्न सहयोगीको भूमिका खेल्ने बताए ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पाँच दिने जापान भ्रमण निकै फलदायी रहेको प्रतिक्रिया दिनु भएको छ । उनले जापान सरकारले भारतप्रति देखाएको आदरको खुलेर धन्यबाद दिए । एजेन्सी