२८ आश्विन २०८३, बुधबार

टिभी स्टेशनमा हमला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-tv-station-attack

इस्लामावाद, १६ भदौ । पाकिस्तानमा सरकार विरोधी आन्दोलन गरिरहेका विपक्षी दलका कार्यकर्ताहरुले सोमबार त्यहाँको सरकारी टेलिभिजनमा हमला गरेका छन् ।

उनीहरु पाकिस्तानको राजधानी इस्लामावादमा रहेको पाकिस्तान टिभीको कार्यालयमै प्रवेश गर्नुका साथै कार्यालय बाहिरबाट पनि ढुङ्गामुढा गरी क्षति पु¥याएका बताइएको छ ।

टेलिभिजनका एकजना समाचारबाचकले भने– उनीहरु अकस्मात कार्यालयमै प्रवेश गरे र हमला गरी कार्यालयमा क्षति पु¥याए ।

साथै उनीहरुले त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीलाई टेलिभिजनको सेवा कुनैपनि समयमा अवरोध गरिदिने धम्की पनि दिएका थिए ।

पाकिस्तानमा केही हप्तादेखि सरकारको विरोधमा प्रदर्शन जारी छ । आइतबार मात्र सो प्रदर्शनमा गरिएको प्रहरी हस्तक्षेपमा दुई जना प्रदर्शनकारीको ज्यान गएपछि उनीहरु आज थप आक्रामक बनेको बताइएको छ । रासस÷एएफपी