२८ आश्विन २०८३, बुधबार

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको विजय यात्रा कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Diego-Costa2

काठमाडौं, १५ भदौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राति गोलको वर्षा भएको खेलमा डिएगो कोष्टाको दुई गोलको मदतमा चेल्सीले बलियो प्रतिद्वन्द्वी एभर्टनलाई ६–३ गोल अन्तरले पराजित गर्यो।

इभर्टनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले पहिलो मिनेटमै कोष्टाको गोलबाट अग्रता लियो । दुई मिनेट लगतै इभानोभिचले गोल गर्दै पाहुना टोलीलाई २–० गोल अन्तरको अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम मिनेटमा इभर्टनका केभिन मिरायसले गोल गरे ।

दोस्रो हाफको ६७ औं मिनेटमा कोलिमनले आत्मघाती गोल गरेपछि चेल्सीले ३–१ को अग्रता लियो । तर, लगतै स्टीभेन नेएस्मिथ इभर्टनका लागि गोल गरे ।

७४ औं मिनेटमा चेल्सीका माटिकले गोल गरे भने ७६ औं मिनेटमा इटोले इभर्टनका लागि गोल गरे । तर एक मिनेटपछि नै रामिरेजले गोल गरे ।

खेलको ९० औ मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सी ६–३ ले विजयी भयो ।

लगातार तेस्रो जितपछि चेल्सी ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति नै भएको खेलमा वेष्टब्रोमलाई ३–० ले पराजित गरेको स्वान्सीको पनि समान ९ अंक छ तर, गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

डिफेण्डिङ च्याम्पियन म्योनचेष्टर सिटी भने स्टोकसंग १–० ले पराजित भएको छ । प्रिमियर लिगको यो सिजन सिटीको पहिलो हार हो ।