११ कार्तिक २०८३, बुधबार

अब नेपालमै विदेशी जहाज मर्मत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

planeकाठमाडौं, १४ असोज । आन्तरिक उडानको वायुसेवा कम्पनी वुद्ध एयरले विदेशी वायुसेवाका जहाज मर्मत सुरु गरेको छ ।

यो वायुसेवाले आफूसँग भएको प्रकृतिकै जहाजको मर्मत सुरु गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

बुद्ध एयरका अप्रेसन म्यानेजर सुवर्ण खरेलले लामो समयदेखि आफ्नै मेन्टेनेन्स हृयाङ्गरमा जहाज मर्मत गरिरहेकाले अब एटिआर र विचक्राफ्ट जहाजमा विदेशीलाई पनि सेवा दिन थालिएको जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारले विदेशी वायुसेवाका जहाज मर्मत गर्न अनुमति दिइसकेको छ ।

उनले ढाकाबाट हेलो एयर र भारतबाट एलाइन्स एयरले मर्मत गर्न नेपाल आउन इच्छा देखाएका छन् ।

यसअघि भुटानको ट्रुक एयरलाई मर्मत गरेर पठाइएको खरेलले जानकारी दिए ।

बुद्धले लामोसमयदेखि सुविधासम्मपन्न हृयाङ्गर सञ्चालन गरिरहेको छ ।